राजन रावत, रेडियो कैलाश ।

हुम्ला, १२ असार – सदरमुकाम सिमकोटदेखि ३ दिन पैदल लाग्ने नाम्खा गाँउ पालिकाको वडा नम्वर ५ को यारी गाँउवासीहरु पशुुमा खानेपानी वोकेर पानी खाना वाध्य भएका छन । गाँउमा भएको परम्परागत खोलाको पानीको मुहान सुुके पछि यसरी पशुमा खानेपानी बोकेर पानी खान बाध्य भएका हुुन ।

सधै प्रयोग गर्ने खोलामा पानी सुुके पछि गाँउबाट ५ किलो मिटर टाढाको खोलावाट पशुमा पानी वोकेर खानेपानीको जो गरि रहेको नाम्खा ५ का सोनाम दोर्जे लामाले वताउनु भयो । उहाँले ५ वटा पशु (झोपा) मा २० लिटरका १० वटा ग्यालेन खानेपानी बोकेर दैनिक गुजारा चलि रहेको वताउनु भयो ।

यता दुई जनाको काम नै दैनिक रुपमा पशुमा खोलाको खानेपानी वोकेर ल्याउने काम दैनिक भै रहेको सोही वडाका साङ्गे लामाले वताउनु भयो । परिवारमा ७ जना सदस्य भएको बताउदै लामाले पशु नभएको भए खानेपानी पनि पाउन मुस्किल हुने वताउनु भयो । आफुले ३ वटा पशुमा दैनिक ३ पटक खोलावाट खानेपानी ओसार्ने गरेको बताउनुभयो ।

गाँउमा पानीको सदस्या भएपछि पशुुलाई पनि ५ किलो मिटर टाढाको खोलामा पानी पिउन लग्ने र कपडा पनि खोला मै लिएर धुने गरेको अर्का स्थानीय खार्केप लामाले वताउनु भयो । सो गाँउका स्थानीयको आज भोली खानेपानीको व्यवस्था गर्ने माध्याम पशु भएको उहाँले वताउनुु भयो ।

उक्त गाँउमा ८१ घरधुरी भएको र सवैको दैनिकी यसरी नै चलि रहेको उहाँले वताउनु भयो । खानेपानीको व्यवस्थाका लागि पटक पटक जिल्लामा गएर सरोकारवाला निकायहरुको घचघच्याए पनि यस अघि कसैवाट सुनुवाई नभएको गाँउले गुनासो गरेका छन । आफु जहिले पनि गाँउमा जाँदा गाँउले खानेपानीको योजना निर्माणका लागि माग राख्ने गरेको सामुदायिक विकास कार्यक्रममा सामाजिक परिचालक तीर्थराज भण्डारीले वताउनु भयो ।

जनता माग आफ्नो कार्यालयमा राखे पछि जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय, सामुदायीक विकास कार्यक्रम र जनताको जनश्रमदानवाट ४५ लाख ८५ हजार खानेपानी योजना वन्न लागेको सामाजिक परिचालक भण्डारीले वताउनु भयो । सो योजना सम्पन्न भएपछि प्रत्येक घरधुरीमा धारा वितरण गरिने उहाँले वताउनुभयो ।

Source: http://nepalbani.com (2017/06/26)